२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमले ल्यायो नयाँ अफर,यस्ता छन् सुविधा

नेपाल टेलिकमले ल्यायो नयाँ अफर,यस्ता छन् सुविधा

910
Shares

काठमाडौं –  नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न योजना सार्वजनिक गरेको छ। टेलिकमले टिकटक चलाउन दैनिक ४८ रूपैयाँमा पाँच एमबिपिएसको दरमा २० जिबीसम्म डेटा प्याकेज दिने भएको छ।

त्यस्तै, एक साताको लागि यही प्याकेज एक सय ७० रूपैयाँमा पाइने भएको हो। टेलिकमले फागुन ८ गतेसम्म लागु हुने गरेर एक एमबिपिएस अनलिमिटेड डेटा, एनटिसी टु एनटिसी एक सय २० मिनेट भ्वाइस एक दिनको प्याकेज ५९ रूपैयाँमा दिने भएको छ।

अनलिमिटेड अल नेट भ्वाइस कल भ्वाइस कल एक महिनाको प्याकेज चार सय ९९ रूपैयाँमा दिने भएको छ। एक महिनाको लागि अनलिमिटेड डेटा प्याक ५ सय ९९ रूपैयाँमा, एक महिनाको लागि अनलिमिटेड प्रिमियम डेटा प्याक ७ सय ९९ रूपैयाँमा र एक महिनाको लागि फेस्टिभ डेटा प्याक ७ सय ९९ रूपैयाँमा दिने भएको हो।

माघ २२ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने गरेर फाइबर टु द होम सेवा लिने नयाँ तथा पुराना ग्राहकले यसको विभिन्न प्याकेज खरिद गर्दा एक महिनासम्मको थप सेवा पाउने भएका छन्। दुई वर्षसम्मको यस्तो सेवा खरिदमा १५ प्रतिशत छुट दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij