२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकद्वारा नवलपुरको कालिका माविलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा नवलपुरको कालिका माविलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

1.7K
Shares

काठमाडौं –  सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित श्री कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तर्क्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो ।

बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो ।

यस मान्यतासँगै, बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरूका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु-याउने उद्देश्य लिएको छ ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij