२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, को कहाँ ?

माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, को कहाँ ?

1.4K
Shares

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार प्रदेश इन्चार्जहरू तोक्ने निर्णय भएको छ। कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।

माओवादीले हुलाकी राजमार्गकेन्द्रित संगठन सुदृढीकरण अभियानको सुरूवात फागुन १२ गते झापाबाट गर्ने निर्णय पनि गरेको छ।
पार्टीबाट निर्वाचित भएका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि माओवादीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij