२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २.४१ अंकले बढ्यो , ११ अर्ब ८७ करोडको कारोबार

नेप्से २.४१ अंकले बढ्यो , ११ अर्ब ८७ करोडको कारोबार

1.1K
Shares

काठमाडौं –  साता कारोबारको दोस्रो दिन  सोमबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दशलमव ४१ अंकले बढेर २,७३० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड माथिको शेयर कारोबार भएको छ ।

सोमबार ९७ कम्पनीको शेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । आज ८ कम्पनीको शेयर मूल्य  स्थिर रहेको छ।

आज बैंकिङ समुहको ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढेको छ। अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटेको हो।

आज सबै भन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij