२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलिदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुला हुने

भोलिदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुला हुने

1K
Shares

काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले यही माघ २१ गतेदेखि पहिलो चरणको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्‌नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर पहिलो चरणमा निष्कासन गर्न लागेको हो। आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि निष्कासन गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाईन मार्फत आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij