२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मार्जिन कारोबारका लागि १०२ योग्य कम्पनीको सूची सार्वजनिक (सूचीसहित)

मार्जिन कारोबारका लागि १०२ योग्य कम्पनीको सूची सार्वजनिक (सूचीसहित)

735
Shares

काठमाडौं –नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको सूची मार्जिन कारोबारको लागि योग्य भनि सार्वजनिक गरेको हो ।

कार्यविधिको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम नेप्सेले सूची सर्वजनिक गरेको हो । यस संगै अब सूचीमा रहेका कम्पनीको शेयर राखेर लगानीकर्ताले मार्जिन कारोबार सेवा लिन सक्ने छन् । हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ छ। सूचीकृत आधाभन्दा धेरै कम्पनी मार्जिन कारोबारका लागि अयोग्य देखिएका हुन् ।  मार्जिन कारोबारको लागि १०२ कम्पनी योग्य देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij