२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से तेस्रो कारोबार दिन पनि १०.६१ अंकले घट्यो

नेप्से तेस्रो कारोबार दिन पनि १०.६१ अंकले घट्यो

635
Shares

काठमाडौं – साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १० दशलमव ६१ अंकले घटेर २,६३३ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । ९ कम्पनिको शेयरमुल्य भने स्थिर रहेको छ ।  आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड माथिको शेयर कारोबार भएको छ ।

आज फाइनान्स समूहको ३.४६ प्रतिशत, विकास बैंक समूहको ०.७२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३५ प्रतिशतसहित पाँच समूह बढेपनि अन्य समूह ओरालो लागेको हो ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij