२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १२.५८ अकंले बढ्यो, ६ अर्ब २५ करोडको कारोबार

नेप्से १२.५८ अकंले बढ्यो, ६ अर्ब २५ करोडको कारोबार

1.1K
Shares

काठमाडौं  – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अकंले बढेर २६०१.२१ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड २९ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स समूहको शेयर मूल्यमा उचाई आएको छ । फाइनान्स सेक्टर २.३२ प्रतिशतले बढेको हो । नेप्सेमा सूचीकृत १५ फाइनान्स मध्ये १४ कम्पनीको बढेको छ । साथै, आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।  ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।  आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij