२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

740
Shares

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापा गौरादह नगरपालिका ५ महारानी झोडा ठेगाना भई काठमाडौं नक्साल बस्ने ५३ वर्षीय उपेन्द्र प्रसाद ढुंगानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उपेन्द्र प्रसाद भएको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७३ असार ८ गतेको फैसलाले व्याज सहितको बिगो ३२ लाख ४२ हजार ६ सय ४८ रूपैयाँ र जरिवाना २ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij