२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

1.6K
Shares

काठमाडौं – नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंककाे सीईओमा नियुक्त गरेको हो । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् । उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन् ।

उनको कार्यकाल बिहीबारबाट सुरु हुनेछ ।  यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए ।उनको कार्यकाल बुधबारबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij