२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

1.3K
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नै जम्मा गरिएको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न सेयर रजिष्ट्रार सिद्धार्थ क्पाटिलले आग्रह गरेको छ ।

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नु हुन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij