२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १.८३ अकंले बढ्यो

नेप्से १.८३ अकंले बढ्यो

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८३ अकंले बढेर २५९५.९६ बिन्दुमा कायम भएको छ । आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ७ कम्पनीको शेयरमा हरियाली आएको छ । आज विकास बैंकको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६३ प्रतिशत, हाइड्रोपावर समूहको १.७६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज १२४ कम्पनीको शेयर मूल्य बढ्दा १०८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij