काठमाडौं – शिवम् सिमेन्टको नवौ साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले सेयरधनीहरूलाई ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशत नगद लाभांश सहित कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीका सञ्चालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा आयोजना गरेको सभाले कम्पनी सञ्चालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरू पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका प्रस्ताव पारित गरेको छ।
बोनस सेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पुँजी समेत वृद्धि भई कम्पनीको जारी तथा चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रूपैयाँ कायम गर्ने समेतका सबै सामान्य र विशेष प्रस्तावहरू पारित गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij