२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, चार सञ्चालक निर्विरोध निर्वाचित

मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, चार सञ्चालक निर्विरोध निर्वाचित

1.2K
Shares

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा आज पौष २८ गते सम्पन्न भयो । साधारण सभाबाट आ.व. २०८०÷०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ।

साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट यादव अधिकारी , रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट सतिश गौतम गरि ४ जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन्।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय सभाले पारित गरेको छ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ। फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुबाट सेवा पुर्याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij