काठमाडौं – बीमा क्षेत्रमा नियामक निकाय नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ। अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो।
इच्छुक उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्नेछ। फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकोहरुले आवेदन दिन सक्नेछन्। खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदपूर्ति गर्ने गरी आवेदन खुलाइएको छ। योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij