२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरको साधारणसभा आह्वान

पिपुल्स पावरको साधारणसभा आह्वान

585
Shares

काठमाडौं – पिपुल्स पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। पिपुल्स पावर लिमिटेडले आठौं वार्षिक साधारणसभा आगामी माघ २० गते आइतबार बोलाएको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा बिहान १० बजेदेखि बस्ने गरी सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृतका लागि पेश गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ ३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij