काठमाडौं – होटल संघ नेपालले काठमाडौंमा ‘नेपाल सत्कार दिवस २०२५’ आयोजना गर्ने भएको छ। संघले स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्दै आइरहेको छ।
यस दिन होटल क्षेत्रले वर्षभरी भोगेका अवस्था, विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा के कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रस्तुति रहने संघले जनाएको छ। साथै होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इएर बुक २०२५’को बिमोचन गरिनेछ।
दिवसका अवसरमा विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै सातै प्रदेशका मुख्य खाना प्रदर्शनमा राखिने संघका अध्यक्ष विनायक शाहले बताए। देशैभरीबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij