काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायत र रवीन्द्र केसी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले कडायत र केसीको नाम सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij