२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्स र यती एसेम्बलिङबीच सम्झौता

रिलायन्स फाइनान्स र यती एसेम्बलिङबीच सम्झौता

1.1K
Shares

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेड र पियाजियो कमर्सियल सवारीसाधनको अधिकृत बिक्रेता यती एसेम्बलिङ प्रालि बीच समझदारी भएको छ ।

समझदारी पत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र यती एसेम्बलिङका डाइरेक्टर मुक्तिप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पियाजियो तीन पांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई सहज फाइनान्सिङ सेवा उपलब्ध गराइनेछ ।

सम्झौताअनुसार पियाजियो तीन पांग्रे सवारीसाधन ५० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । सम्झौताबाट ग्राहकले सानो लगानीमै पियाजियो सवारीसाधन खरिद गर्न सक्नेछन् ।

हाल यती एसेम्बलिङले १५ स्थानमा मुख्य डिलर र २५ स्थानमा सर्भिस सेन्टर राखेर पियाजियो कमर्सियल सवारीसाधनको बिक्री गर्दै आहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij