काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij