काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij