२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

480
Shares

काठमाडौं ‍- नेपाल राष्ट्र बैंकले  शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ।

 पुस १२ गते नयाँ रेकर्ड बनाएको डलरको मूल्यले आज पुस १३ गते पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ १६ पैसा र खरिददर १३६ रुपैयाँ ५६ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि हिजो (शुक्रबार) डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा रहेको र खरिददर १३६ रुपैयाँ १३ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य ४३ पैसा बढेको हो।

यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.56 137.16
eur (European Euro)
1 142.42 143.04
gbp (UK Pound Sterling)
1 171.37 172.12
chf (Swiss Franc)
1 151.62 152.29
aud (Australian Dollar)
1 84.85 85.22
cad (Canadian Dollar)
1 94.83 95.24
sgd (Singapore Dollar)
1 100.48 100.92
jpy (Japanese Yen)
10 8.66 8.70
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.36 36.52
qar (Qatari Riyal)
1 37.47 37.63
thb (Thai Baht)
1 4.02 4.04
aed (UAE Dirham)
1 37.18 37.34
myr (Malaysian Ringgit)
1 30.54 30.67
krw (South Korean Won)
100 9.26 9.30
sek (Swedish Kroner)
1 12.42 12.48
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.59 17.67
kwd (Kuwaity Dinar)
1 443.13 445.08
bhd (Bahrain Dinar)
1 361.89 363.48
omr (Omani Rial)
1 354.68 356.24

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij