काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij