२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

1.1K
Shares

काठमाडौं – वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणसमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।  वर्णबास म्युजियम होटलले आईपीओ निष्कास गर्ने प्रस्ताव सहित पुस २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ।

होटलको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बालुवाटारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले कम्पनीको पूँजी शेयर संरचना अनुसार आईपीओ निष्कासन  गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यस्तै सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्ने र गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारणको प्रस्ताव पेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij