काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न माघ ४ गते, शुक्रबार, सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij