२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्पाेरेट विकास बैंकले बोलायो साधारणसभा

कर्पाेरेट विकास बैंकले बोलायो साधारणसभा

1.5K
Shares

काठमाडौं – कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बस्ने भएको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जको पर्सास्थित बैंकको आफ्नै प्रधान कार्यालयमा बिहान ७ः१५ बजदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। यस बैंकले गत आवको मुनाफाबाट शेयधरनीलाई लाभांश नदिने निर्णय गरिसकेको छ।

साथै सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

सभा प्रयोजनका बैंकले लागि पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij