२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएसडीसी लघुवित्तले डाक्यो साधारण सभा

आरएसडीसी लघुवित्तले डाक्यो साधारण सभा

570
Shares

काठमाडौं – आरएसडीसी लघुवित्त वित्तिय संस्था लि.ले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा वेष्टर्न एसियन होटल प्रालि, बुटवल रुपन्देहीमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसैगरी, सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनीको समूह तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूह तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

यता, आरएसडीसीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, त्यसभन्दा अघि सेयर कारोबार हुने दिनसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij