२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

छिमेक लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

955
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा यही पुस २९ गते सोमबार बस्ने भएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी दुई जना सञ्चालकको निर्वाचन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij