काठमाडौं – नेपाल पूर्वाधार पत्रकार समाजमा नयाँ कार्यसमिति चयन भएको छ । अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कान्तिपुर दैनिकका विमल खतिवडा, सचिवमा क्लिकमाण्डुका दिनेश खड्का, सहसचिवमा न्युज एजेन्सी नेपालका प्रशन्न ढुंगाना तथा कोषाध्यक्षमा हिमा बिक चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा नयाँ पत्रिका दैनिकका पवन तिमल्सिना, प्राइम टीभीका आशुतोष अर्याल, क्यापिटल नेपालकी शर्मिला न्यौपाने, इक्वटी नेपालका निर्दोष घोरासाइने, नेपाल पूर्वाधारकी धना ढकाल, पूर्वाधार वाचका विष्णु गुरागाईं चयन भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij