काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij