२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अण्डाको मुल्य बढ्यो

अण्डाको मुल्य बढ्यो

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा अण्डाको मुल्य बढेको छ। शुक्रबारदेखि लागू हुने गरी अण्डाको मुल्य प्रतिक्रेट १५ रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

बजारमा मध्यम, ठूलो र एक्स-एल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रूपैयाँ छ। ठूलोको चार सय ८५ र एक्स-एल अण्डा पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मूल्य बढेसँगै शुक्रबारदेखि मध्यम अण्डा प्रतिक्रेट चार सय ८५, ठूलो पाँच सय र एक्सएल पाँच सय १५ रूपैयाँ पर्नेछ। यो किसानले पाउने मूल्य हो।

किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अब उपभोक्ताले अण्डा प्रतिगोटा २२ रूपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ। यसअघि उपभोक्ताले प्रतिगोटा २० रूपैयाँ तिर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij