२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुथेली बुखरी स्मल हाइड्रोको साधारण सभा आब्हान

कुथेली बुखरी स्मल हाइड्रोको साधारण सभा आब्हान

725
Shares

काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुष २७ गते काठमाडौं ब्याङ्क्वेट नयाँ बानेश्वरमा बिहान साढे १० बजे सभा बोलाएको हो । सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ५ जना सञ्चालकको निर्वाचन गर्नेछ भने स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

त्यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका पेश हुनेछ ।

सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुष ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले पुष ९ गते (१० गते सार्वजनिक विदा) सम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij