काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४४९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४६३ रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij