काठमाडौं – बेस्ट फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले वादेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । यस अघि उनी फाइनान्सको सहायक महा प्रबन्धकको जिम्मेवारीमा थिए । बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव रहका उनले विभिन्न विकास बैंकको उच्च तहको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij