२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध

700
Shares

काठमाडौं – नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुने भएका छन्। हाल संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका कोइराला संघको अध्यक्ष बन्ने पक्का भएको हो ।

संघको अध्यक्षमा सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएका थिए। अध्यक्षमा दुईजनाको उम्मेदवारी परेपछि चुनाव हुने अवस्था हुन नदिन संघका पूर्व अध्यक्षहरुले सहमतिको प्रयास गरेका थिए। ।

संघका पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगाना, हालका अध्यक्ष सुनिल केसी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच यस बारे छलफल भएको थियो । छलफलपछि शेरचनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । यस संगै संघमा अध्यक्षमा चुनाव नहुने भएको हो। उपाध्यक्षको जिम्मेवारी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले सम्हाल्ने भएका छन्।

संघको यो निर्वाचनमा तीन सदस्य पद रिक्त थिए। यी पदमध्ये, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नो दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्। बाँकी दुई पदमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन्।

संघको ३८औं साधारण सभा पुस ३ गते बोलाइएको छ । सोहि साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij