२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टाटा म्याजिक ‘बिएस६’ सार्वजनिक

टाटा म्याजिक ‘बिएस६’ सार्वजनिक

670
Shares

काठमाडौं-टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बिएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ।

नेपालगञ्जमा आयोजित गरियको कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि. का अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि. का अध्यक्ष निम बा. चलाउने, सनराइज यातायात प्रा.लि.का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि. का महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि.का अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रा.लि.का अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बिएस२ संस्करणका साथ प्रवेश गरेको थियो।

त्यसपछि बिएस३, बिएस४ हुँदै आज बिएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ।

हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्। टाटा म्याजिक बिएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वाश कम्पनीले राखेको छ।

यस्ता छन् टाटा म्याजिक बिएस६ का विशेषताहरूः

इन्जिनः ६९४ सीसी पेट्रोल इन्जिन
शक्तिः ३० एच पी
टर्कः ५५ एनएम
गियरबक्सः ५ स्पिड गियर
पाङ्ग्राः १३ इन्च टायर
सुविधाहरूः डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इसिओ स्विच, एबिएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार
सुविधाः चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij