काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij