२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन डिस्टिलरीको लाभांश घोषणा

हिमालयन डिस्टिलरीको लाभांश घोषणा

480
Shares

काठमाडौं – हिमालयन डिस्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २३ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij