२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

400
Shares

काठमाडौं- कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।

उक्त ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको बोनस शेयर शेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ ।

नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij