२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित

सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित

1.2K
Shares

काठमाडौं –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वस्तरीय प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड प्राप्त गरेको छ।   बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेको हो ।

सिटिजन्स बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।

कार्यक्रममा १०० भन्दा बढी देशका बैंकका अधिकारीसहित करिब ३०० जनाको उपस्थिति रहेको थियो।

अध्यक्ष पाण्डेले यस सम्मानले हौसला प्रदान गरेको बताए । साथै बैंकका सेवालाई गुणस्तरीय बनाउने र उचित प्रतिफल प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अवार्ड प्राप्ति बैंकका कर्मचारीको मेहनत र सरोकारवाला निकायहरूको सहकार्यको परिणाम भएको उल्लेख गरे। उनले सुशासन, हरित बैंकिङ्ग र प्रुडेन्ट बैंकिङ्गमा थप ध्यान केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij