२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

345
Shares

काठमाडौंनागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास सरल कर्जा पाउने भएका छन् कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको  

कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो योभन्दा अघि सबै शाखा कार्यालयहरूले आवास सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको

त्यसैगरी कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij