काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेल हुने भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाल, टिम कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए।
यस सहकार्यवारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले भने, ‘एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको कम्पनी र नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौं। यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने हामीलाई विश्वास छ। एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याउनेछ ।’
‘एनसेल पनि टेलिकम क्षेत्रको लायन (सिंह) हो, अब दुई लायनहरू मिलेर हाम्रो गर्जन राम्रो हुने छ’, जिसीले थपे । त्यसै गरी एनसेलका एमडी जबर कायुमोभ ले भने, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध छौं। लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं। लुम्बिनी प्रदेश तथा नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुऱ्याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।’
त्यसै गरी एनसेलका एमडी जबर कायुमोभ ले भने, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध छौं। लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं। लुम्बिनी प्रदेश तथा नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुऱ्याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।’
नेपाल प्रिमियर लिगको सह प्रायोजक पनि रहेको एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। लुम्बिनी लायन्स क्लवको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली क्रिकेटको विकास र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान गर्ने विश्वास लिइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij