२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपीएलको पुरस्कार राशी :विजेतालाई एक करोड ११ लाख

एनपीएलको पुरस्कार राशी :विजेतालाई एक करोड ११ लाख

450
Shares

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रुपैयाँ पाउने भएकाे छ । उपविजेताले ५० लाख रुपैयाँ पाउनेछ । तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ ।

यो नेपाली खेलकुदमा हालसम्म भएका कुनै पनि प्रतियोगिताको विजेताले पाएकामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् ।

सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij