२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बहुप्रतीक्षित एनपिएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

बहुप्रतीक्षित एनपिएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

1.1K
Shares

काठमाडौं – आज देखि नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग  सुरु हुँदैछ । एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता खेल्नको लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आइसकेका छन् । त्यसले पनि नेपाली क्रिकेटलाई थप अन्तराष्ट्रिय चर्चा बनाएको छ । प्रतियोगितालाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यसहित चर्चित भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने भएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सबै टिमले विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित ४० विदेशी खेलाडी लाई मैदानमा उतार्दैछन् ।  कुल ३२ खेल हुने एनपिएलको समापन ६ पुसमा हुनेछ ।

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij