२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्याण्डर्ड चार्टर्डको शेयरमूल्य समायोजन

स्ट्याण्डर्ड चार्टर्डको शेयरमूल्य समायोजन

450
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर १२ गते, बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ६.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ७१३ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ। बैंकले मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij