काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयधरनी लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र दिइसक्नु पर्नेछ।
साथै सो समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij