काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको शेयर सुचिकृत भएको छ । नेप्सेमा मंसिर ११ गते बिशाल बजार कम्पनी लिमिटेडको नेपाल सरकारको संस्थापक शेयर वापतको शेयर सूचिकृत भएको हो । त्यसैगरी समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचिकृत भएको छ ।
विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचिकृत भएको हो भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर सूचिकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij