२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामलिङ्ग पावरले बोलायो साधारण सभा

सामलिङ्ग पावरले बोलायो साधारण सभा

1.2K
Shares

काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो पुस २ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल गरि पारित हुनेछ । सोही सभाले चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij