२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सद्वारा टिकटमा छुट

नेपाल एयरलाइन्सद्वारा टिकटमा छुट

630
Shares

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले २५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिने जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै निगमले भारतका नयाँ दिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)  को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट्दिने घोषणा गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij