२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोल्टी होटेलको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

सोल्टी होटेलको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1.2K
Shares

काठमाडौं – सोल्टी होटेल लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ४ गते साधारणसभा गर्ने भएको छ। गत कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत गरि २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरि कुल  ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभाको लागि मङ्सिर १३ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. आर्थिक वर्ष २०८०/०८१ (२०२३/२४) को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ (२०२३/२४) का वार्षिक आर्थिक विवरणहरु (Financial Statements), २०८१ आषाढ मसान्तको वासलात (वित्तीय स्थितिको विवरण), सोही मितिमा समाप्त भएको नाफा नोक्सान हिसाब (नाफा वा नोक्सान तथा अन्य विस्तृत आय विवरण), नगद प्रवाह विवरण (नगद प्रवाहको विवरण), तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण र यस कम्पनी तथा कम्पनीको सहायक कम्पनीहरुको आर्थिक वर्ष २०८०/०८१ (२०२३/२४) को वित्तीय विवरणहरु समेत समावेश रहेको कम्पनीको एकिकृत आर्थिक विवरणहरु (Consolidated Financial Statements) उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८० / ०८१ (२०२३ / २४ ) को नाफाबाट कम्पनीका शेयरधनीहरुलाई लिन मञ्जुर तथा चुक्ता पूँजीको २६.८४२१०५२६ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०६१ / ०८२ (२०२४ / २५) को लागि कम्पनीको वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव
५. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका शेयरधनीहरुलाई १० प्रतिशतका दरले अर्थात कम्पनीको प्रत्येक १० कित्ता चुक्ता शेयर बराबर १ कित्ताका दरले बोनस शेयर वितरण गर्ने र सोहि अनुसार लिन मन्जुर तथा चुक्ता पूँजीलाई बृद्धि गर्न स्वीकृति प्रदान गर्ने ।

६. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको शेयर पुंजी बृद्धि गर्ने विशेष प्रस्तावलाई स्विकृत गरी पारित गर्ने ।

(क) कम्पनीको अधिकृत पूंजी रु. १,५०,००,००,००० (अक्षेरेपी एक अर्ब पचास करोड मात्र ) प्रति शेयर रु.१०/- का दरको १५,००,००,००० थान साधारण शेयरबाट बृद्धि गरी रु. २,००,००,००,००० (अक्षेरेपी दुई अर्ब मात्र) प्रति शेयर रु.१०/- का दरको २०,००,००,००० थान साधारण शेयर पुऱ्याउने ।
(ख) कम्पनीको जारी पूंजी रु. १,००,००,००,००० (अक्षेरेपी एक अर्ब मात्र) प्रति शेयर रु.१०/- का दरको १०,००,००,००० थान साधारण शेयरबाट बृद्धि गरी रु. १,५०,००,००,००० (अक्षेरेपी एक अर्ब पचास करोड मात्र) प्रति शेयर रु. १०/- का दरको १५,००,००,००० थान साधारण शेयर पुयाउने ।

७. कम्पनीको संचालक समितिबाट शेयर पूंजी बृद्धि गर्ने विशेष प्रस्ताव भए बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गर्ने तथा यस सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन, परिमार्जन वा समायोजन गर्न आवश्यक भएमा सोका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij